Feeds:
Posts
Comments

Archive for the ‘Moral Education’ Category

BAGLUNG

Because of every ones love, I planned to edit Baglung and want to give more information ,so with the help of internet I have share my ideas..

                                        Baglung

Baglung district is the part of Dhaulagiri zone .Dhaulagiri zone is one of the 75 districts of Nepal, a landlocked country of Asia. It is 275 km west of Kathmandu and lies on midhill of Nepal. It covers an area of 1784 km sq and has a population of 268,938. It has 59 village development committees and one municipality. Baglung is surrounded by Parvat, Myagdi, Rukum, Rolpa, Pyuthan, Gulmi districts .Baglung is the administrative headquarter of Dhaulagiri zone . Baglung is a major business, financial, educational and health care center for the people of kaligandaki valley.

Mt.Dhaulagiri

Baglung is a multicultural and multiracial community .Baglung is diverse in religion and culture .Hinduism and Buddhism are the major religion .Magar, Chhetri, Brahmin, Newar and Gurung are the main ethnic groups in Baglung. Nepali is the spoken language of the region. Other languages spoken include Newari, Gurung, Thakali, Tibetan and Magar.Baglung is rich in herbal medicine plants .rice, corn, maize and potato are the major crops of Baglung .Baglung bazaar, Hatiya-Galkot, Kushmisera and Burtibang are the trading center of Baglung. Very good views of Himalayas can be had from Baglung is visited by tourists seeking to trek to Annapurna, Dhaulagiri and Dhorpatan.

Girls dancing at Chaitre Dashain Mela

In the recent years many national banks have opened branches and regional offices .There are many shops and restaurants catering to the locals and occasional visitors. There are few small-scale industries. Baglung is considered to be one of the politically most conscious districts and it plays a significant role in the Nepali politics.

The Kalika temple is visited by thousands of pilgrims each year especially during the festivals of Dashain and Chaitre Dashain. Baglung area is well known for the folk Nepali music. Every year on ChaitreDashain Annual folk song competition will be held  and  it attracts artists from all over the nation.                                                                      Rafting at  Kaligandaki

I am a girl from village named lekhani .Every year in Dashain I go to visit my grandmother. So this year also I went there before few months                                                 

                                                                                                                                                                            Lekhani Village

By looking the condition of lekhani and Baglung In my view:

Every year something has been developed in Baglung .Infrastructure of development like electricity, education, drinking water has all been developed. In most of the village area telephone, TV and computer also has been accessible..Before few years woman and girls used to be busy on their household work but nowadays girls starts to join the school and woman starts to do partime job.Ama samuha has  been established in different villages ,where woman gets information for their family .Likewise agriculture sector has also been improved .All the people gets information from krishi palan . Most of the people has high thinking and wants to be rich, so to be employed they goes to foreign countries by living their families which is wrong.

                                  Shree Lekhani Higher Secondary School

Many school and colleges are being established in English medium and private level which is good for children but in village area taking the advantage of children woman goes to city, where old people in village do the work themselves. Baglung airport in Balewa is located 12 km to the south of the town across the valley from Kusma. Water transportation is virtually absent. Jeep are available  to go to village area .Road has been peech in some places .  Young generation are  also employed nowadays and everything is going on …

History of Baglung

 It is the story of early 16th century. King Pratapi Nayayan of Galkot married the princess of Palpa. The king brought goddess kali along with him as dowry. Legend follows; nobody was able to carry the sword of Kali. A youth from Kunwar chhetri family was finally able to carry the sword. He was given the honorary title of Khadka (‘khadga’ meaning the sword). One night when the wedding procession reached, the king had a dream. In his dream goddess Kali said she liked the place and wished to stay there. The king then built a temple in honor of goddess Kali. This was in 1590 B.S. (1533 A.D.)

              Kalika Temple

King Pratapi Narayan also started the tradition of holding an annual fair during ‘Chaitre Dashain’. The fair is still held annually and draws thousands of visitors every year during the two-day event. Major trade was carried along the Kali Gandaki valley between India and Tibet by Thakali people. Newar merchants migrated to Baglung from Bhaktapur in 18th century.Since then it has remained the most important political and economic town .


Read Full Post »

आँखा“

 मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन् त्यसैले म उनलाई घृणा गर्थेँ। उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस् भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरूलाई खाना पकाउने र लुगाफाटो धोइदिने काम गर्थिन् । त्यही आम्दानीबाट हाम्रो परिवारको गुजारा चल्ने गरेको थियो ।

अचानक एकदिनको कुरा हो, मेरी आमा मेरो पढाइको बारेमा बुझ्न मेरो स्कुलमा आइन् । मैले मेरा साथीहरूलाई उनी मेरी आमा हुन् भनेर चिनाउन सकिन, किनकि मेरी आमा अत्यन्तै कुरुप थिइन् । उनी त्यसरी मेरो स्कुलमा आउँदा मलाई अत्यन्तै नराम्रो लाग्यो । मैले उनलाई कर्के आँखाले हेरेँ र बाहिरतिर दौडिएँ । 

 अर्को दिन मेरो एकजना साथीले मसँग मेरी आमाको बारेका कुरा उठायो । उसले मलाई भन्यो- “छ्या तिम्री आमाको त एउटा मात्रै आँखा ! कस्ती काली त्रि्री आमा त ! त्यस्ती कुरुप बुढीलाई आमा भन्न तिमीलाई लाज लाग्दैन ?” उसको कुरा सुनेर म मरेजस्तै भएँ । आखिर त्यस दिन मेरी आमा किन स्कुलमा आएकी होलिन् ! उनीप्रतिको रिस र आक्रोशले म आफैँलाई चिथोरुँ जस्तो लाग्यो । साथीहरूको अगाडि बेइज्जत भएको भन्ठानी मलाई भुतुक्क मरुँ जस्तो पनि लाग्यो ।

एकदिन मैले आमालाई बेस्सरी झपार्दै भनेँ- “तिमी किन गयौ मेरो स्कूलमा, आफ्नो कुरुपता प्रदर्शन गरेर किन मेरो बेइज्जत गर्‍यौ ?” मैले आबेगमा नै भनिदिएँ- “तिमी मर्न नसकेकी बुढी ।” मेरी आमाले कुनै प्रतिउत्तर दिइनन् । मैले आमालाई गरेको गाली सम्झेर मलाई कत्ति पनी पछुतो लागेन किनकि म उनीसँग असाध्य रिसाएको थिएँ । उनको कुरुपताले ममा घृणाभाव बढाइरहेको थियो । मलाई त्यो घरबाट धेरै टाढा भाग्न मन लाग्यो ताकि अब उनीसँग कहिल्यै भेट नहोस्, उनको कुरुप अनुहार देख्नै नपरोस् । दिनहरू बित्दै गए ।  त्यसपछि मैले धेरै मेहनेतका साथ पढेँ । मैले स्वदेशमा मात्र होइन विदेश गएर पढ्नसमेत छात्रवृत्ति पाएँ । मैले धेरै पढेँ र पछि बिहे पनि गरेँ । शहरमा एउटा सुन्दर घर पनि बनाएँ । यतिखेर मेरा आफ्नै छोराछोरी पनि भइसकेका थिए । म आफ्नै संसारमा मस्त थिएँ ।

मेरो मस्तीको सँसारमा एकदिन अचानक मेरी आमा आइपुगिन् । मेरो घरको ढोकामा मेरी आमा उभिएकी थिइन् । उनीसँग भेट नभएको निकै भइसकेको थियो । बुढ्यौलीका कारण उनको कुरुपता अझै बढेको थियो । उनले आफ्ना नातिनातिनालाई त देखेकीसम्म थिइनन् । मेरो ढोकामा उभिएको उनको त्यो कुरुप अनुहार देखेर मेरा बच्चाहरूले उनलाई बेसरी जिस्क्याए, गिज्याए । उनले मेरा सन्तानलाई गाली गरिन् र थप्पड पनि लगाइन् । मेरो घर आँगनमा मेरै सन्तानले गाली र थप्पड खाएको देख्दा मलाई असैहृय भयो । मैले उनलाई बेसरी कराएँ । “तिमी किन आएकी यहाँ ? कसले बोलायो तिमीलाई ? तिम्रो यो अनुहार लिएर कहिल्यै आउनुपर्दैन यहाँ । जाउ, गइहाल तुरुन्त गइहाल ।” मेरो गाली सुनेर उनले विस्तारै जवाफ दिइन्- “माफ गर, सायद मैले गलत ठेगाना समातेछु । म तिम्रोमा आएर अब कहिल्यै पनि तिमीलाई दुख दिनेछैन ।” यति भनेर उनी त्यहाँबाट तुरुन्तै हराइन् ।

अरू केही वर्ष बितेर गए । एकदिनको कुरा हो गाउँको मेरो पुरानो विद्यालयमा पुनर्मिलन समारोहको आयोजना गरिएको र त्यसमा अनिवार्य सहभागी हुन लेखिएको निम्तोपत्र मेरो हातमा पर्‍यो । कुनै विजनेस ट्रिपमा जाँदैछु भनेर मैले मेरी श्रीमतीलाई ढाँटेँ र म मेरो पुरानो विद्यालयको त्यो समारोहमा भाग लिन गएँ । समारोहको अन्त्यसँगै त्यहीँ नजिकै रहेको मेरो पुरानो गाउँमा घुम्न मलाई उत्सुकता जागेर आयो । म मेरो पुरानो गाउँतिर गएँ । मैले गाउँलेहरूबाट मेरी कुरुप आमा मरिसकेको थाहा पाएँ । आमाको मृत्यूमा मलाई कुनै विस्मात लागेन । एक सामान्य घटना घटेजस्तै मैले त्यसलाई सहज ढंगले पचाएँ । उनका लागि मसँग एक थोपा आँशु पनि थिएन । तर मृत्यूअघि मेरी आमाले मलाई लेखेको एउटा चिठी गाउँलेहरूले मेरा हातमा थमाइदिए । चिठी खोलेँ र पढ्न थालेँ । चिठीमा यस्तो लेखिएको थियो-

 

मेरो प्रिय छोरा,

मलाई माफ गर म तिम्रो घर आएर तिम्रै छोराछोरीलाई गाली गरेँ । मैले तिमीलाई पटक पटक दुःख पनि दिएँ । तिमी आफूले पढेको गाउँको विद्यालयमा आउँदैछौ भन्ने थाहा पाएर म निकै खुसी भएकी थिएँ तर तिमीलाई हेर्न म उठ्न सकिन छोरा । म निकै बिरामी थिएँ । तिमीलाई हर्ेर्ने मेरो अन्तिम धोको पनि पूरा गर्न सकिन । तिमी ठूलो हुँदासम्म मैले तिम्रो चित्त बुझाउन कहिल्यै पनि सकिन । छोरा, तिम्रो आँखामा म सदा घृणाको पात्र भइरहेँ । मैले तिमीलाई निकै दुःख दिएकी छु ।

छोरा, तिमीलाई थाहा छैन जब तिमी सानो थियौ- अचानक एउटा दुर्घटनामा परेका थियौ । त्यही दुर्घटनामा तिमीले एउटा आँखा गुमायौ । एउटी आमा भएकीले मैले तिमीलाई एउटा मात्र आँखा भएको हेर्न सकिन । हुन पनि कसरी सक्नु, आफ्नै सन्तान एउटा मात्रै आँखा लिएर हुर्किरहेको छ । तिम्रा साथीहरूले तिमीलाई एकआँखे भनेर हेपेको र जिस्काएको मैले सहनै सकिन । अनि एकदिन मैले तिमीलाई अस्पत्ताल लिएर गएँ । अस्पतालमा आँखा किनेर प्रत्यारोपण गर्न धेरै रकम चाहिने रहेछ तर मसँग त्यति धेरै पैसा कहाँ थियो र ! ? अन्ततः डाक्टरलाई मैले मेरो आफ्नै एउटा आँखा झिक्न लगाएँ र त्रि्रो बिग्रिएको आँखामा प्रत्यारोपण गरिदिएँ ।

अब तिमीसँग दुइवटै आँखा भए । आहा, तिमी कति सुन्दर देखियौ । मेरा निम्ति जीवनको यो अत्यन्तै दुर्लभ खुशी थियो । प्यारो छोरा, आज मलाई निकै गर्व लागिरहेको छ । मेरो सन्तान जसले आज मेरै आँखाबाट संसार हेरिरहेको छ । आखिर के नै फरक भयो र मैले हेर्ने संसार आज मेरै आँखाबाट मेरो आफ्नै छोराले हेरिरहेको छ । त्यो त्यही आँखा हो, जुन आँखाले मैले पहिले संसार हेर्ने गर्दथेँ आज मेरो छोराले हेरिरहेको छ । म निकै खुसी छु छोरा ।

अब यो संसारमा रहनु र नरहनुमा केही फरक छैन किन कि मेरो ठाउँमा आज मेरो छोरा छ अनि मेरै आँखाले यो अनुपम संसार हेरिरहेको छ । तिमी जहाँ रहन्छौ सुखी रहनु, सम्पन्न रहनु? यो मेरो आशिर्वाद तिमीलाई । छोरा तिमीले अब कुनै पनि बेला सोच्नुपर्दैन कि तिम्री यो कुरुप आमा आएर तिमीलाई फेरिफेरि दुःख दिनेछ । तिमीलाई नहेरी बस्न नसकेकीले मात्र कहिलेकाँही तिमीलाई भेट्न आउँथे, अब त त्यो दिन पनि सकियो छोरा, अब तिमी सधैसधै सुखी रहनु

 मेरो सारा आशीवाद र माया तिमीलाई ।

उही तिम्री,

कुरुप आमा

Courtesy: Nepalplus.com

Read Full Post »